ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बोटलर्स नेपाल बालाजु र तराईले गरे लाभांश घोषणा, कसकाे कति ?

२०७९ असोज, ९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । दुवै कम्पनीको बिहीवार बसेको सञ्चालक समिति बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बोटलर्स नेपाल बालाजुले शेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ छ, जसअनुसार कम्पनीले २० प्रतिशतले हुन आउने ३ करोड ८९ लाख ७७ हजार ८०० रूपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बोटलर्स नेपाल बालाजुले रू.८७ करोड ६० लाख ३२ हजार खुद नाफा कमाएको थियो । 

त्यसैगरी बिहीबार साँझ बसेको बोटलर्स नेपाल तराईको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १२ करोड १० लाख छ, जस अनुसार कम्पनीले ६० प्रतिशतले हुन आउने रू. ७ करोड २६ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले रू. ६८ करोड ३१ लाख नाफा कमाएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro