ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेपाली शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना भए, १२ कक्षा पास हुँदा खुट्टामा उभिने बनाऊँ : सिंह

२०७९ असोज, ९  
समाचार रोजगारी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना भएको आरोप लगाएका छन् ।

आइतवार काठमाडौमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता सिंहले १२ कक्षा पास हुने वित्तीकै आफ्नै खुट्टामा उभिनन सक्ने विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको पनि बताए । '१२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्छ ।' उनले भने, 'आगामी शैक्षिक नीतिमा विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउने कुरा समावेश हुनेछ ।'

उक्त कार्यक्रममा बोल्दै नेता सिंहले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने पनि दाबी गरे ।

नेता सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवार दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने बताए ।

उनले निर्वाचनपछि केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्ने प्रतिवद्धता पनि जनाए ।  आगामी निर्वाचनपछिको सरकारले देशमा सुशासन कायम गर्ने पनि सिंहको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro