ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नयाँ स्टक एक्सचेञ्जसहितको लाइसेन्सको आवेदनका लागि सेबोनमा सहायता कक्ष सञ्चालन

२०७९ असोज, ९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ लाइसेन्सको आवेदन बुझाउन सहायता कक्ष सञ्चालन गरेको छ । बोर्डले यही असोज २ गते नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर र वस्तु विनिमय बजार सञ्चालनको लाइसेन्सका लागि आवेदन माग गरेको हो । 

बोर्डबाट प्रदान गरिने सेवा प्रवाहसम्बन्धी कार्यलाई सहजीकरण गरी चुस्त बनाउन दुई कायममुकायम निर्देशकलाई सहायता कक्षको जिम्मेवारी दिइएको हो । बोर्डले कायममुकायमद्वय तोलाकान्त न्यौपाने र नवराज पण्डितलाई सहायता कक्षको जिम्मेवारी दिएको हो ।

लाइसेन्सको आवेदन पेश गर्ने सम्बन्धमा कुनै सहयोग आवश्यक भए कार्यालय समयभित्र सहायता कक्षमा सम्पर्क गर्न बोर्डले भनेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro