ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

शुक्रवारयता लगातार दुई दिन रेकर्ड कायम गरेको डलरको भाउ आज स्थिर

२०७९ असोज, ९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गत शुक्रवारयता लगातार दुई दिन रेकर्ड कायम गरेको डलरको भाउ आइतबार (आज) भने स्थिर रहेको छ । गत शुक्रवार र शनिबार कीर्तिमानी स्तरमा उक्लिएको डलरको भाउ आज स्थिर देखिएको हो । 

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको विनिमय दर (विक्री दर) १२९ रूपैयाँ ८९ पैसा तोकेको छ । राष्ट्र बैंकले गत शनिवार एक अमेरिकी डलरको विक्री दर १२९ रूपैयाँ ८९ पैसा कायम गरेको थियो, जुन हालसम्मकै उच्च हो । 

गत शुक्रवार पनि डलरको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन एक अमेरिकी डलरको विक्री दर १२९ रूपैयाँ ६८ पैसा तोकिएको थियो, जुन त्यतिबेलासम्मकै उच्च थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro