ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

१८०० विन्दु नजिक नेप्से परिसूचक, १ अर्ब ७ करोड बराबरको शेयर किनबेच

२०७९ असोज, ९  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २३ दशमलव ८३ अंक घटेको छ । नेप्से परिसूचक १ हजार ८१५ दशमलव १३ विन्दुमा झरेको छ । 
यस दिन कारोबारमा आएका २२८ धितोपत्रको ४० लाख १४ हजार ४१९ कित्ता शेयर २२ हजार ६८३ पटकमा रू. १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ बराबरको शेयर खरीदविक्री भएको छ ।  

पछिल्लो समय नेप्से परिसूचक निरन्तर घटेर १ हजार ८ सय विन्दु नजिक आइपुगेको छ । बजार निरन्तर घटेकाले लगानीकर्ताहरू आत्तिएर पेनिक सेल गरेका छन् । सोही कारण आइतवार ठूलो अंकमा परिसूचक घटेको छ । बजार घट्दा अधिकांश कम्पनीहरूको शेयर मूल्य एक वर्षकै न्यून विन्दुमा झरेको छ ।

अब बिस्तारै बजारमा खरीदकर्ता आउने जानकारहरू बताउँछन् । यो समय दीर्घकालीन लगानीको अवसर भएको लगानीकर्ताहरू बताउँछन् ।  लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने गर्दछ । 

कारोबारमा आएका २२८ धितोपत्रमध्ये अभियान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ३४७ दशमलव ६० कायम भएको छ । यस कम्पनीको शेयर कारोबार धितोपत्रको दोस्रो बजारमा आजदेखि आएको हो । सोही कारण खरीदकर्ता आकर्षित भएसँगै शेयर मूल्य बढेको हो ।

दोस्रोमा नबिल इक्विटी फण्डको इकाई मूल्य २ दशमलव ९४ प्रतिशत वृद्धि भएर रू. ८ दशमलव ७५ पुगेको छ । 

आइतवार सबैभन्दा बढी तेह्रथुम पावर कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ९० प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३५२ मा झरेको छ । त्यसैगरी दोस्रोमा कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ७ प्रतिशत घटेर रू. ७ दशमलव ७१ कायम भएको छ । 

लक्ष्मी बैंकको शेयर सर्वाधिक खरीदविक्री भएको छ । कम्पनीको रू. २६ करोड २ लाख बराबरको कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १९३ कायम भएको छ ।

त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. ४ करोड २९ लाख बराबरको भएको छ । कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्रघटेसँगै नेप्से परिसूचक घटेको हो । सबैभन्दा बढी वित्त समूहको लगानीकर्ताले गुमाएका छन् । यस समूहको समूहगत परिसूचक सबैभन्दा बढी २ दशमलव ५७ प्रतिशत घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro