ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पहिलो कारोबार दिन अभियान लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट

२०७९ असोज, ९  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र दोस्रो बजारमा असोज ९ गतेदेखि शेयर कारोबार शुरू भएको छ ।

पहिलो कारोबार दिनमै कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १०५ दशमलव ३६ देखि अधिकतम रू. ३१६ दशमलव शून्य ८ सम्मको खुला मूल्य तोकेको थियो । आइतवार स्पेशल प्रि–ओपनिङ सेसनमा कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता रू. ३१६ मा भएको छ । 

स्पेशल प्रि-ओपनिङ सेसनमा भएको कारोबार मूल्यबाटै नियमित सेसनको कारोबार मूल्य खुला भएको थियो । पहिलो कारोबार दिन कम्पनीको शेयर खरीद चाप उच्च रहँदा मूल्यमा सकारात्मक सर्किट लागेको छ । खुला मूल्यको तुलनामा कम्पनीको शेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३१ दशमलव ६० ले बढेर अन्तिम मूल्य रू. ३४७ दशमलव ६० कायम भएको छ ।

नेप्सेका अनुसार कम्पनीको पहिलो कारोबार दिन २१२ कित्ता शेयर खरीदविक्री भएको छ । उल्लेखित कित्ता शेयर ४९ पटकको व्यापारमा रू. ६९ हजार ३६६ बराबरको मूल्यमा खरीदविक्री भएको जानकारी नेप्सेले दिएको छ ।

कम्पनीले असोज ७ गते शुक्रवार संस्थापकतर्फ र सर्वसाधारण तर्फको गरी कुल २५ लाख कित्ता आईपीओ सूचीकृत गराएको थियो । कम्पनीले साउन १८ देखि २२ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । यस कम्पनीले २१ जिल्लाहरूमा ६० ओटा शाखा कार्यालयहरूमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro