ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेपाली महको माग बढ्यो

२०७९ असोज, १०  
१० वर्ष अघि
Tvs Raider NA

सन् २००७/०८ को तुलनामा सन् २००८/०९ मा महको निर्यात निकै बढेको छ । सन् २००७/०८ मा रू. १ लाख ६६ हजारको मह निर्यात भएकोमा सन् २००८/०९ मा रू. २४ लाख ३७ हजारको मह निर्यात भएको थियो । अन्तरराष्ट्रिय बजारमा नेपाली महको माग बढेपछि मह व्यवसायीहरू अत्यन्त उत्साहित भएको मह व्यवसायी संघका अध्यक्ष पवन सत्यालले बताए । भौगोलिक विविधताका कारण नेपालमा विभिन्न प्रजातिका फूल तथा वनस्पति पाइने, यहाँ उत्पादन हुने मह स्वादिलो, प्रभावकारी र शुद्ध हुने भएकाले यसको माग बढेको उनको भनाइ छ ।

नेपालमा परम्परागत तरिकाले धेरै अघिदेखि मह उत्पादन हुँदै आए पनि व्यावसायिक रूपमा मौरीपालन गरी मह उत्पादन गर्ने कार्य भने २०५५ सालदेखि शुरू भएको हो । अहिले नेपालमा करिब ४२ वटा मह सहकारी संस्था छन् । यस्तै, मह व्यवसायीहरूको संख्या करीब ५ हजार छ । मुख्यत: रूपन्देही, चितवन, नवलपरासी, कञ्चनपुर, बाँके, बर्दिया, सर्लाही, काठमाडौं, कैलालीलगायत २० जिल्लामा व्यावसायिक मौरीपालन गरिएको छ ।

नेपालमा पालिने मौरीमध्ये एपिस सेरन र एपिस मेलिफेर जातका मौरीले बढी मह उत्पादन गर्छन् । एपिस मेलिफेर जातको मौरी भारतबाट ल्याइएको हो भने एपिस सेरन नेपालमै पाइने जात हो । एपिस मेलिफेरका मौरीले अन्य मौरीभन्दा ७० प्रतिशत बढी मह उत्पादन गर्ने गण्डकी महका सञ्चालक देव गुरुङले बताए । नेपाली मह जर्मनी, सिंगापुर, भारत, जापान, बेलायत, फिलिपिन्सलगायतका मुलुकमा निर्यात हुने गरेको छ ।

वर्ष ६ अंक १९, शुक्रवार, ९ असोज, ०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro