ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

गण्डकी प्रदेश सरकारले घटायो यातायात र मालपोतमा बढाइएको कर

२०७९ असोज, १०  
गण्डकी प्रदेश
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

कास्की । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत वृद्धि गरिएको कर घटाउने निर्णय गरेको छ । शुक्रवारको मन्त्रिपरिषद् बैठकले प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले चालू आर्थिक वर्षको बजेटमार्फत बढाएको यातायात र मालपोत कर घटाउने निर्णय गरेको हो ।

प्रदेश सरकारले कर वृद्धि गरेसँगै जनस्तरबाट चर्को आलोचना भएको थियो । यससँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री बरालबीच द्वन्द्व बढेको थियो । नेकपा माओवादी केन्द्रको कोटाबाट अर्थमन्त्री बनेका बरालले मुख्यमन्त्रीको निर्देशन विपरीत आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सवारी, सम्पत्ति, घरजग्गा रजिस्ट्रेसन पास लगायतमा बढाएको करको दर मुख्यमन्त्री पोखरेल घटाउन चाहन्थे ।

मन्त्रिपरिषद्को बैठकले आर्थिक ऐन, २०७९ को अनुसूची १ को (क) अन्तर्गत घरजग्गा लगायत रजिस्ट्रेसन शुल्क र घरजग्गा रोक्का शुल्क विगतका वर्षकै कायम रहने निर्णय गरेको छ । सरकारले चालू आर्थिक वर्षमा घरजग्गाको तिरो, रजिष्टे«सन र अंशबण्डामा ५२८ प्रतिशतसम्म कर वृद्धि गरेको थियो ।
अर्थमन्त्री बरालले चालू आर्थिक वर्षको बजेटमार्फत सवारीसाधनमा समेत कर वृद्धि गरेका थिए । सरकारले भाडामा दर्ता भएका सवारीसाधनमा लाग्ने  कर पनि घटाएको छ । भाडामा दर्ता भएका सवारीसाधनको कर आर्थिक ऐन, २०७८ बमोजिम हुने भएको छ ।

प्रदेश सरकाले साउन वर्षदेखि लागू हुनेगरी निजी सवारीसाधनमा १० हजार रुपैयाँसम्म गरेको कर वृद्धि भने यथावत् राखेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro