ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

गुगलले यात्रा र मनाेरञ्जन खर्च कटौती गरेपछि कर्मचारीमा असन्तुष्टि, सीईओ भन्छन्– पैसालाई रमाइलोसँग नदाँजौं

२०७९ असोज, १०  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

सन फ्रान्सिस्को (अमेरिका) । अहिले अमेरिकी अर्थतन्त्र मात्रै होइन विश्व अर्थतन्त्र नै सुस्ताइरहेको छ । खर्च कटौतीका उपायहरू नअपनाएसम्म यस्तो अप्ठ्यारो अवस्थाबाट पार पाउन कम्पनीहरूलाई कठिन छ । यही अवस्था अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगलको पनि छ । कम्पनीले धमाधम खर्च कटौतीका उपायहरू ल्याइरहँदा कर्मचारीहरूमा असन्तुष्टि उत्पन्न हुनु स्वभाविक हो । 

तर, कम्पनीका प्रमुख कार्यकारी अधिकारी सुन्दर पिचाई भने लागत कटौतीको बचाउमा उत्रिएका छन् । यही हप्ता कम्पनीका सबै तह र तप्काका कर्मचारीहरूको एउटा बृहत् बैठकमा पिचाईले यात्रा र मनोरञ्जन बजेट कटौती, उत्पादनशिलताको व्यवस्थापन र सम्भावित रोजगारी कटौतीबारे कर्मचारीहरूबाट अनेक प्रश्नको सामना गरेका थिए । सोही बैठकमा कीर्तिमानी मुनाफा कमाएको अनि ठूलो मात्रा नगद थुपारेर राखेको भए पनि गुगलले यात्रा र मनोरञ्जन बजेट घटाएर कर्मचारीलाई किन पेलेको भन्ने प्रश्न पिचाईलाई सोधिएको थियो । यसै क्रममा पिचाईले पैसालाई रमाइलोसँग नदाँज्न भनेका हुन् । 

‘मलाई आशा छ कि तपाईंहरूले खबर त पढि नै रहनुभएको छ । तपाईंहरूलाई थाहा नै छ कि हामी अहिले विगत एक दशककै सबैभन्दा कठोर बृहत् आर्थिक अवस्थाबाट गुज्रिरहेका छौं । यस्तोमा हामीहरू अलि बढी जिम्मेवार बनेका छौं । मलाई लाग्छ कि कम्पनीको रूपमा हामीहरू सबै मिलेर यो अवस्थाबाट पार पाउन जरुरी छ,’ उनले भनेका छन् । अहिले आर्थिक मन्दीको सम्भावना बढेको छ । महँगी अकासिएको छ । केन्द्रीय बैंकहरूले धमाधम ब्याजदर बढाइरहेका छन् । 

कम्पनीहरूले विज्ञापन खर्च घटाइरहेका छन् । यस्तोमा गुगलको मातृ कम्पनी मेटा र अन्य ठूला प्रविधि कम्पनीहरूको आम्दानी प्रभावित भइरहेको छ । जुलाईमा अल्फाबेटको त्रैमासिक आम्दानी र मुनाफा लगातार दोस्रो त्रैमास पनि अपेक्षाकृत कमजोर थियो । तेस्रो त्रैमासको विक्री वृद्धि एकल अंकमा झर्ने अपेक्षा छ । गुगलका लागि अहिले अर्थतन्त्रले मात्रै नभएर कम्पनीभित्र बढ्दै गइरहेको कर्मचारीतन्त्रले समेत समस्या पारेको उनले बताएको छ । बैठकमा कहिलेकाहीं चिढिएको जस्तै सुनिन्थे । 

कोरोना भाइरसको महामारीको समयमा गुगलमा कर्मचारी ह्वात्तै बढेको थियो । निकट भविष्यमा कम्पनीमा केही आर्थिक समस्याहरू रहन सक्ने कम्पनीकी सीएफओ रुथ पोराटले भनेका थिइन् । खर्च कटौतीका लागि गुगलले नयाँ पुस्ताको पिक्सेल बुक ल्यापटप रद्द गरेको छ भने अन्यत्र पनि लगानी घटाइरहेको छ । कम्पनीले कर्मचारी भर्ती सुस्त पारेर अनि लगानी घटाएर कम्पनीलाई २० प्रतिशत थप उत्पादनशील बनाउने आशा यही महीनाको शुरुमा पिचाईले व्यक्त गरेका थिए । 

बैठकमा धेरै कर्मचारीहरूले पिचाईलाई सुधारिएको उत्पादनशिलता र २० प्रतिको लक्ष्यलाई विस्तारमा बताउन भनेका थिए । थोरै मान्छे भर्ना गरेर वा कम मान्छे राखिएको समूहबाट थप काम गराएर यो लक्ष्य हासिल गरिने अनि समूह अनुसार संख्या फरक फरक हुन सक्ने उनले बताए । सुन्दर पिचाईले गएको वर्ष कूल ६३ लाख डलर तलब भत्ता बुझेका थिए । अन्य शीर्ष अधिकारीहरूले पनि २ करोड ८० लाख डलरभन्दा धेरै हात पारेका थिए । 

केही खर्च घटाउँदा पनि गुगलको कार्य संस्कृति रमाइलो हुने गुगलले बताएका छन् । गुगल सानो र अव्यवस्थित हुँदा सधैं रमाइलो नै नहुने अनि पैसासँग रमाइलोलाई दाज्न नहुने उनको भनाइ छ । कठोर परिश्रम गर्नु पर्ने स्टार्टअपमा आबद्ध भएर पनि मानिसहरूले रमाइलो गरिरहेको हुन सक्ने पनि उनले बताए । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro