ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

विश्व बजारमा ऐतिहासिक न्यून बिन्दुमा झर्यो स्टर्लिङको भाउ,  डलर फेरि आकाशियो 

२०७९ असोज, १०  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं (अस) । बेलायती मुद्रा पाउन्ड स्टर्लिङको भाउ सोमवार घटेर कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ ।

गत हप्ता बेलायत सरकारले आर्थिक  वृद्धिदर कर कटौती र लगानीलाई प्रोत्साहन दिने घोषणा गरेसँगै पाउन्ड दबाबमा आएको हो ।

सोमवार एशियाली बजारमा स्टर्लिङको भाउ ४ प्रतिशतले घटेर डलरको तुलनामा १ डलर शून्य ३२ सेन्टमा आएको थियो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउन थालेपछि पछिल्लो समय डलर बलियो बन्दै गइरहँदा अन्य मुद्राको भाउ ओर्लिएका छन् ।

यी आर्थिक उपायहरुले धनाढ्यहरुलाई अनुचित तवरले लाभ मिल्ने र ब्याजदर बढिरहेकै समयमा बेलायतको कर्जाको स्तर झनै बढाउने भन्दै आलोचकहरुले बताइरहेका छन् । यूरोको भाउ सम स्तरबाट तल ओर्लिएको आफूहरुले देखेको अनि स्टर्लिङमा चाँहि यस्तो हुन्न भन्ने कारण आफूले नदेखेको टीडी सेक्युरिटिजमा वरिष्ठ फरेक्स रणनीतिज्ञ मजेन इसाले सीएनबीसीको स्क्वाक बक्स एशियासँग भनिन् ।

बैंक अफ इंगल्यान्ड (बीओई)का लागि मुद्रास्फीति विरुद्ध लड्दै अर्थतन्त्रलाई प्रोत्साहित गर्नु ठूलो चुनौती हुने भ्यान्टेज प्वाइन्ट एसेट म्यानेजमेन्टका प्रमुख लगानी अधिकारी निकोलास फेरर्सले भनेका छन् ।  बीओईले यही हप्ता आकस्मिक बैठक डाकेर ब्याजदर बढाउन सक्ने र यस्तो भयो भने अचम्भित नहुन पनि उनले बताए  । बेलायतमा मजबुत डलरको साथमा वित्तीय अनुशासनप्रति प्रतिबद्धताको अभावले पाउन्डको भाउमा तीव्र कमी ल्याएको मेबैंकमा फरेक्स रणनीतिज्ञ सक्तियान्ली सुपातले भने ।स्टर्लिङको भाउ थप खस्कियो भने लगानीकर्ताहरुमा जोखिम टार्ने प्रवृत्ति बढ्ने र यसले भाउमा थप कमी ल्याउने चेतावनी उनले दिएका छन् । 

सोमबार एशिया–प्रशान्त क्षेत्रमा जापान, दक्षिण कोरिया र चीन लगायत देशका मुद्रा डलरको तुलनामा कमजोर बनेका छन् । अष्ट्रेलियालाली डलर स्थिर थियो । डलरको तुलनामा येनको भाउ १४४ को स्तरमा थियो । गत हप्ता बीओजेले मुद्रा बजारमा हस्तक्षेप गरेपछि बलियो बनेको येन अहिले कमजोर बनेको छ । दक्षिण कोरियाको वन पनि सन् २००९ यताकै कमजोर बनेको छ । सोमबार मुद्रा बजारमा प्रति डलर वनको भाउ १ हजार ४२८ दशमलव ५२ मा आएको छ । 

फेडले धमाधम ब्याजदर बढाउन थालेयता यो वर्ष डलर सूचक बढिरहेको छ । अमेरिका र अन्यत्र ब्याजदर अन्तरले पनि स्थानीय मुद्राहरु कमजोर बनिरहेका छन् । सोमबारै अमेरिकी डलरको तुलनामा भारतीय रुपयाको भाउले अर्को न्यून बिन्दु छोएको छ । सोमबार बिहान बजार खुल्दाखेरि नै भाउ शून्य दशमलव ६८ प्रतिशतले घटेर ८१ रुपया ५५ पैसामा ओर्लिएको थियो ।

अमेरिकी ऋणपत्रको प्रतिफल बढेको अनि डलर सूचक बलियो बनेपछि रुपयाको भाउ दबाबमा आएको हो । यो समाचार तयार पार्दाखेरि साँझ ४ बजेतिर मुद्रा बजारमा रुपयाको भाउ प्रतिडलर ६१ पैसाभन्दा धेरैले घटेर प्रति डलर ८१ रुपया ६० पैसामा आएको थियो । चीनमा राजनीतिक अस्थिरता, पाउन्डको भाउमा देखिएको सेल–अफ लगायतले  पनि विश्वको मुद्रा बजारलाई प्रभावित बनाएको विश्लेषण गरिएको छ । डलर सूचकमा उल्लेख्य वृद्धि देखिएसँगै रुपयाको भाउ थप दबाबमा आउन सक्ने बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro