ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

किन बजेटको क्याउँक्याउँ ?

२०७९ असोज, ११  
१० वर्ष अघि
Tvs Raider NA

हिजोआज जताततै बजेट आएन, बजेट आएन भनेर गुनासो गरेको सुनिन्छ । किन, कसले केका लागि गुनासो गरिरहेका होलान् ? जनतालाई त बजेट आउनु वा नआउनु ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’जस्तै छ । बुझ्दै जाँदा थाहा भयो । बजेट आएन भनेर त्यसरी कुर्लनेमा त्यो निकासा भएपछि त्यसबाट पैसा बनाउन दाउ कुर्नेहरू धेरै रहेछन्  त्यसमा विशेष अरण्यरोदन गर्नेमा  सत्तासीन स्वयम् एमाले र उसका वरिपरिका मानिस नै बढी रैछन् ।

त्यसैले बजेट नआएकामा एमाले चिन्तित हुनु स्वाभाविकै हो । सरकारबाट बाहिरिएपछि आफू सरकारमा छँदाजस्तो ढुकुटीमाथि डाडुपन्युँ हुरलेर आफ्नै भागमा  धेरै बजेट पस्कन त भोलि पाइँदैन । त्यसैले अर्को सरकार नबन्दै बजेट तुरुन्त आयो भने जाँदाजाँदै भए पनि आफू र पार्टीका लागि केही न केही गरौँला भन्ने योजना नेतृत्वकर्तालाई हुने नै भयो ।

एमालेका लागि बाहेक  बजेट चाँडै आउनुपर्ने कारण कसैका लागि पनि आवश्यक देखिँदैन ।  किनकि कांग्रेस त धनीहरूको दल भनेरै चिनिएको छ । माओवादी र र मधेसी दलहरूलाई बजेट आए पनि नआए पनि के नै फरक पर्छ र ? चाहिएको बेला  चाहिएजति पैसा स्वदेश र विदेशबाट आइहाल्छ । उसलाई बजेट चाहिने भए त बजेट बन्न दिन्थ्यो, बिजुली आयोजना पनि बन्न दिन्थ्यो । ती सबै नभएकैमा उसलाई फाइदा छ । त्यसैले तिनको ‘प्रमोट’ किन गर्ने ?

(तीतोमीठोबाट)
वर्ष ६ अंक १९, शुक्रवार, ९ असोज, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro