ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

ताप्लेजुङमा महँगियो खसीबोका

२०७९ असोज, ११  
प्रदेश ०१
Tvs Raider NA

फुङ्लिङ । दशैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य महँगिएको छ । टिप्ताला नाका बन्दका कारण चीनबाट च्याङ्ग्रा आयात बन्द भएकाले सदरमुकाम फुङ्लिङमा खसीबोकाको मूल्य महँगिएको हो ।

दशैंको मौका छोपेर हाट बजारमा नियमित खरीद/विक्री हुने मूल्यको तुलनामा व्यवसायीले खसीबोकाको मूल्य एक्कासि बढाएको उपभोक्ताको गुनासो छ । चाडपर्वका समयमा मासुको खपतका साथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य बढ्ने गरेको स्थानीयले बताएका छन् ।

उपभोक्ताका अनुसार हाट बजारमा रू. १० हजार पर्ने एउटा खसीको मूल्य अहिले महँगिएर रू. १४–१५ हजार पुगेको छ । फुङ्लिङ बजारका स्थानीय डिल्ली पौडेलले निकै महँगो मूल्य तिरेर आफूलाई आवश्यक खसी खरीद गरेको बताए । नियमित बजारमा १० किलोग्रामको खसीबोकालाई रू. आठ हजार पर्ने गरेकोमा चाडपर्वको समयमा भने रू. १२ हजारभन्दा बढी परेको फुङ्लिङ नगरपालिका–७ का स्थानीय कमल भट्टराईले बताए । उनका अनुसार चाडपर्वको मौका छोपेर स्थानीय किसान तथा व्यवसायीले आफूखुसी खसीबोकाको मूल्य बढाउने गरेका छन् ।

अहिले खसीबोकासँगै बाख्राका पाठापाठीको मूल्यसमेत महँगिएको उपभोक्ता बताउँछन् । प्रतिगोटा रू. तीन हजारसम्ममा पाइने पाठापाठी किन्न हाटमा रू. पाँच हजारभन्दा बढी तिर्नुपरेको उपभोक्ताले बताएका छन् ।

फुङ्लिङमा लाग्ने हाटबजारमा ताप्लेजुङका निगुरादिन, फूलबारी र छिमेकी पाँचथरको अमरपुरलगायत क्षेत्रका स्थानीय व्यापारीले खसीबोका ल्याएर विक्री गर्ने गर्दछन् ।  

कोभिड महामारीको तीन वर्षअघिदेखि नै चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुने गरेको थियो । अहिले नाका बन्द भएकाले भेडा, च्याङ्ग्रा नआएकाले पनि खसीबोका महँगिएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका उपाध्यक्ष पासाङ शेर्पाले बताए । चार/पाँच वर्षअघिसम्म चाडपर्वको समयमा टिप्ताला भञ्ज्याङ नाका हुँदै तिब्बतबाट भेडा, च्याङ्ग्रा आउने गर्थ्यो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro