ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

‘गन्तव्य जुगल’को प्रवर्द्धनमा जुट्दै सिन्धुवासी

२०७९ असोज, ११  
बागमती प्रदेश
Tvs Raider Image Not Found

काठमाडौं । काठमाडौं उपत्यकाबाट नजिक रहेको जुगल हिमालको प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक गरिएको छ । सोमवार काठमाडौंमा आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त हिमाल र आसपासका क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य समेटिएको पुस्तक सार्वजनिक गरे ।

काठमाडौं उपत्यकाबाट एक सय ५० किलोमिटरको दूरी तय गरेपछि जुगल हिमालको आधार शिविर पुग्न सकिन्छ । सोही हिमालका आरोही मिलन तामाङले पुस्तकको संयोजन एवं लेखन गरेका हुन् ।

जुगल गाउँपालिकाले प्रकाशन गरेको पुस्तकमा उक्त हिमाल र आसपासका क्षेत्रका बारेमा सविस्तार जानकारी दिइएको छ । जुगल क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ चैत सो हिमाल आरोहणको अनुमति दिइएको थियो । आरोहणको अनुमति पाउनेबित्तिकै यस पुस्तकका लेखक तमाङलगायतले सफल आरोहण गरेका थिए ।

हाल आधार शिविरतर्फ सहज रूपमा पुग्न बलेफी–कात्तिके–पेम्बाथान सडक निर्माण भइरहेको छ । केही दिन पहिले मात्रै सभामुख सापकोटाले सो सडक निर्माणलाई गति दिन सम्बन्धित निकायलाई आयोजनास्थलमै पुगेर निर्देशन दिएका थिए । सभामुख सापकोटाको पहलमा निर्माण भइरहेको सडकका लागि रू. एक अर्ब बराबरको लगानी भएको छ ।

संघीय राजधानी नजिक भएर पनि प्रचारप्रसार हुन नसकेको सो हिमालको पर्यटन प्रवर्द्धन गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने अभियानमा आफूहरू लागिपरेको पुस्तकका लेखक तामाङको भनाइ छ ।

आर्थिक विकासका लागि पर्यटन क्षेत्रको प्रवर्द्धन र त्यसलाई विस्तारित उद्योगका रूपमा लैजान पुस्तक महत्त्वपूर्ण हुने त्यस अवसरमा जानकारी दिइएको थियो । एउटै आधार शिविरबाट आठओटा हिमाल आरोह गर्न सकिने भएकाले पनि पर्यटकको विशेष आकर्षणमा पर्ने अपेक्षा गरिएको छ ।

सभामुख सापकोटाले जुगल क्षेत्रको पर्यटन विकासका सम्भावनालाई पुस्तकले अझ विस्तार गरेको भन्दै यसले आन्तरिक र बाह्य पर्यटकको चासो बढाउने बताए । जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार पुस्तकले जुगल हिमशृंखलासहित यस पालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक, प्राकृतिक र अन्य पर्यटकीय क्षेत्रहरूको यथार्थ चित्रण गरेको छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये जुगल गाउँपालिका पर्यटन क्षेत्रको विकासका लागि प्रबल सम्भावना रहेको स्थानीय तह मानिन्छ । नेपालकै विभिन्न पासमध्ये तिलमान पास, धार्मिक र प्राकृतिक महत्त्व रहेको भैरवकुण्ड, नेपेमासाल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हुन् । जलस्रोतको धनी रहेको यो गाउँपालिकामा साना तथा ठूला गरी १० ओटा जलविद्युत् आयोजना छन् ।

जुगल हिमशृंखलामा ६ हजार मिटर माथिका ११ ओटा हिमाल छन् । भैरव टाकुरा ६ हजार सात सय ८८ मिटर, दोर्जेलाक्पा ६ हजार आठ सय ६६, गङछेम्बु ६ हजार तीन सय ७८, गुरकर्पो री ६ हजार आठ सय ८८ मिटर, ग्याल्चेन पिक ६ हजार एक सय ५१ मिटर र लाङशिसा री ६ हजार चार सय १२ मिटर उचाइका हिमाल हुन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro