ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एक दशकमा १ खर्ब डलरभन्दा बढी लगानी गर्दै गौतम अदानी

२०७९ असोज, ११  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

नयाँ दिल्ली (भारत) । भारतका खर्बपति व्यापारी तथा अमेरिकी व्यवसायिक पत्रिका फोब्र्सको अर्बपति सूचीका तेस्रो धनी व्यक्ति गौतम अदानीको व्यापारिक घराना अदानी ग्रूपले आगामी एक दशकको अवधिमा १ खर्ब डलरभन्दा धेरै लगानी गर्ने भएको छ ।

समूहका अध्यक्ष अदानीले मंगलवार यस्तो बताएका हुन् । सिंगापुरमा आयोजित फोब्र्स ग्लोबल सीईओ कन्फ्रेन्समा उनले यस्तो बताएका हुन् । भारत एक दिन खूद ऊर्जा निर्यातकर्ता बन्ने आशा पनि उनले व्यक्त गरेका छन् । 

आफूले आगामी १० वर्षको अवधिमा गर्ने लगानीको ७० प्रतिशत लगानी ऊर्जा संक्रमणको क्षेत्रमा हुने समहूको नयाँ ऊर्जा योजनाबारे खुलासा गर्ने क्रममा उनले भने । समूहले हाइब्रिड नवीकरणीय ऊर्जा उत्पादन क्षमतामा ४५ गिगावाट थप्ने र सोलार प्यानल, विन्ड टर्बाइन एवम् हाइड्रोजन इलेक्ट्रोलाइजर उत्पादन गर्न ३ ओटा गिगा कारखाना पनि बनाउने भएको छ ।

भारतीय अर्थतन्त्रको अकार अहिलेको ३० खर्ब डलरबाट बढेर ३०० खर्ब डलर हुने पनि उनले सोही सम्मेलनमा बताएका थिए । भारतलाई १० खर्ब डलरको अर्थतन्त्र बन्न भन्डै ५८ वर्ष लागेको थियो । अर्को १२ वर्षमा भारत २० खर्बको अर्थतन्त्र बन्यो । अर्थतन्त्रले ३० खर्बको आकार भने त्यसको ५ वर्षमै लियो । डिजिटल क्रान्तिको युगमा अर्थतन्त्रलाई सो स्तर छूने आशा उनले गरेका छन् । 

‘समूहको रुपमा आगामी दशकमा हामीहरु १ खर्ब डलरभन्दा धेरै लगानी गनेर्छौ,’ उनले भनेका थिए । योमध्ये ७० प्रतिशत लगानी ऊर्जा संक्रमणको क्षेत्रका लागि छुट्याइएको उनले बताए ।  अहिले अदानी समूहको बजार पूँजीकरण २ खर्ब ६० अर्ब आसपास छ । यसको वृद्धि भारतमा सूचिकृत कम्पनीमध्ये सबैभन्दा तीव्र छ ।

सौर्य ऊर्जामा पनि अदानी समूह विश्वमै सबैभन्दा ठूलो समूह हो । ६४ वर्षका अदानी अहिले भारतका सबैभन्दा धनी व्यक्ति हुन् । फोब्र्सको अर्बपतिहरुको रियल टाइम सूचिमा भने अदानी तेस्रो स्थानमा छ ।

भारतीय शेयर बजारमा कमी आएसँगै मंगलवार अडानीको नेटवर्थ एकै दिन ८ अर्ब ७० करोड डलर घटेर १ खर्ब ४० अर्ब ९० करोड डलरमा आएको थियो । नेटवर्थमा आएको यो कमी अघिल्लो दिनको भन्दा ५ दशमलव ८७ कम हो । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro