ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बेगखोलामा ह्युमपाइप राखियो

२०७९ असोज, १२  
गण्डकी प्रदेश
Tvs Raider NA

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत  रघुगङ्गा गाउँपालिका–१ मा रहेको बेगखोलामा ह्युमपाइप राखिएको छ । बेनी नगरपालिका, रघुगङ्गा गाउँपालिका, बेनी–जोमसोम–कोरला सडक आयोजना र बेगखोलामा निर्माणाधीन सडक पुलका ठेकेदारसँग समन्वय गरेर बेनी यातायात प्रालिको पहलमा ह्युमपाइप राखिएको हो ।

बेगखोलामा सवारीसाधनलाई सहज रूपमा आवतजावतको व्यवस्था मिलाउन बेनीबाट दुईओटा ह्युमपाइप लगेर राखिएको बेनी यातायात प्रालिका सञ्चालक टीका पुर्जाले जानकारी दिए । ‘बेनीबाट बेगखोलासम्म ह्युमपाइप ढुवानी बेनी यातायात प्रालिले गरेको हो,’ उनले भने, ‘ह्युमपाइपलाई खोलामा राख्न बेगखोलामा निर्माणाधीन पुलका ठेकेदारले डोजर उपलब्ध गराएका थिए ।’ २०७३ सालमा आएको बाढीले बेगखोलामा एक जना मानिस, ११ ओटा घर, झोलुङ्गे पुल र बेलीब्रिज बगाएको थियो । पक्की पुल निर्माण गर्न ढिलाइ हुँदा बेगखोलामा बाढी आएको अवस्थामा सवारीसाधन आवतजावत बन्द हुने गरेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro