ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एनएमबिले ल्यायो छूट तथा क्यासब्याक अफर

२०७९ असोज, १२  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । एनएमबि बैंकले ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङमा छूट तथा क्यासब्याक अफर ल्याएको छ । यसका लागि बैंकले विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ । दशैं, तिहारको अवसरमा ग्राहकलाई रू. २ हजारसम्म छूट उपलब्ध गराइने बैंकले बताएको छ । बैंकको उक्त अफर असोज १० देखि शुरू भइसकेको छ । बैंकका ग्राहकले डेबिट कार्डबाट ई–कमर्श/पीओएसमा कारोबार गर्दा १० प्रतिशत वा रू. ३०० सम्म क्यासब्याक पाउनेछन् । यस्तै क्रेडिट कार्डवाहक ग्राहकले उक्त कार्डबाट ई–कमर्श/पीओएसमा कारोबार गर्दा २० प्रतिशत वा रू. ५०० सम्म क्यासब्याक पाउने बताइएको छ ।  साथै बैंकको एपबाट एनटीसी/एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक पाइनेछ भने एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा रू. २०० सम्म क्यासब्याक पाउने बैंकले बताएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro