ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

माछापुच्छ्रे सेक्युरिटिजको विशेष साधारण सभा असोज २२ मा, पूँजी वृद्धिकाे प्रस्ताव राखिने

२०७९ असोज, १२  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले असोज २२ गते विशेष साधारण सभा बोलाएको छ । सेक्युरिटिजको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं, लाजिम्पाटस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।

साधारण सभाले कम्पनीको अधिकृतपूँजी, जारीपूँजी र चुक्तापूँजी वृद्धि गरी रू. २० करोड पुर्‍याउने विशेष प्रस्ताव पारित गर्नेछ । पूँजी वृद्धि हुने भएकाले सोही बमोजिमको प्रबन्धपत्र तथा नियमावली संशोधनको लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि साधारण सभाले गर्नेछ । 

पुराना ब्रोकर कम्पनीहरूले पनि आगामी असार मसान्तसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीका लागि तोके बमोजिमको पूँजी कायम गर्नुपर्ने भएकाले यस कम्पनी पूँजी वृद्धिमा जुटेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro