ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

फेष्टिभ मुडमा लगानीकर्ता, कारोबार रकम रू.४८ करोड ५४ लाखमा झर्‍यो

२०७९ असोज, १२  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालीहरुको महान चाड दशैं शुरु भएको छ । लगानीकर्ताहरु यतिखेर फेष्टिभ मुडमा रहेको देखिन्छ ।

सोही कारण नेप्से परिसूचक बढेपनि कारोबार रकम निकै कम छ ।  बजार निकै घटिसकेको छ । कम्पनीहरुको शेयरमूल्य पनि निकै सस्तिएको छ । सोही कारण पनि यो समय भनेको खरीदको अवसर भएको एक लगानीकर्ताले बताए । नेप्सेले यसअघि इन्ट्राडेमा १ हजार ८०७ सम्म झरेर पुन उकालो यात्रा गरेको थियो ।

पछिल्लो समय पनि बजार १ हजार ८१४ सम्म झरेर माथि फर्किएको छ । नेप्सेले डबल बटम बनाएको प्राविधिक विश्लेषकहरु बताउँछन् । सोही कारण पनि अव बजार विस्तारै बढ्ने देखिन्छ ।  मंगलवार पनि नेप्से परिसूचक १५ अंक बढेको थियो ।सो दिन रू. ६६ करोड बराबरको शेयर खरीदविक्री भएको थियो । 

साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक ६ दशमलव ४१ अंकले बढेको छ । नेप्से परिसूचक १ हजार ८३७ दशमलव ४६ विन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका २२१ ओटा धितोपत्रको १३ लाख ७० हजार ४७७ कित्ता शेयर ११ हजार ९२७ पटकमा रू. ४८ करोड ५४ लाख ८ हजार ७६७ मा खरीदविक्री भएको छ ।

कारोबारमा आएका ती धितोपत्रमध्ये सबैभन्दा बढी मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९ दशमलव २० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७४ पुगेको छ। त्यसैगरी दोस्रोमा अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ दशमलव १९ प्रतिशत वृद्धि भएको छ ।

यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९८ दशमलव ९० कायम भएको छ । त्यसैगरी बुधवार ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को इकाई मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो ।

दोस्रोमा राप्ती हाइड्रो एण्ड जनरल कन्ष्ट्रक्शनको शेयरमूल्य ६ दशमलव शून्य ६ प्रतिशत घटेर रू. २१७ कायम भएको छ । 
सर्वाधिक शेयर खरीदविक्री नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर रू. ४ करोड ७५ लाखमा भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. २ करोड ६९ लाखमा भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये वित्त समूहको परिसूचक शून्य दशमलव २६ प्रतिशत,म्युचुअल फण्डको शून्य दशमलव ४३ प्रतिशत, अन्य समूहको शून्य दशमलव २३ प्रतिशत र व्यापार समूहको समूहगत परिसूचक शून्य दशमलव २४ प्रतिशत घटेको छ  भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको छ ।

समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी लघुवित्त समूहको समूहगत परिसूचक शून्य दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro