ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कामना सेवाको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श सुविधा, अनलाइन किनमेलमा छूट !

२०७९ असोज, १२  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श सुविधा समावेश गरेकाे छ । बैंकले बुधवार (आज) प्रेस विज्ञप्ति जारी गर्दै गत सोमवारदेखि आफ्ना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताका लागि यो सुविधा राखेको जनाएको छ । अब बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले यो सुविधा सक्रिय गरी अनलाइनार्फत रकम भुक्तानी गर्न सक्नेछन् । 

सेवाग्राहीहरूलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्न यो सुविधा समावेश गरिएको बैंकले जनाएको छ । यो सुविधा लिनका लागि आफ्नो पायक पर्ने शाखामा सम्पर्क गर्न प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

साथै, बैंकले ई–कमर्श सेवा लिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि चाडपर्वको अवसरमा सस्तोडिलमा अनलाइन किनमेल गर्दा २० प्रतिशत वा रू. २ हजारसम्मको नगद छूटको लाभ लिन सक्ने जनाएको छ । 

आगामी दिनमा अन्य सेवा सुविधा थप गर्ने योजनासमेत रहेको बैंकले जनाएको छ । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro