ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पर्यटकीय गन्तव्यस्थल बन्दै ‘ऐनापहरा झरना’

२०७९ असोज, १३  
गण्डकी प्रदेश
Tvs Raider NA

तनहुँ । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीस्थित ऐनापहरा झरनामा पर्यटकको आकर्षण बढेको छ । आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको उक्त झरना पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । पृथ्वी राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलका रूपमा समेत यो झरना विकास भइरहेको आँबुखैरेनी गाउँपालिका–३ का वडा सदस्य मनोजकुमार श्रेष्ठले बताए ।

‘काठमाडौं र चितवनबाट पोखरातर्फ आउने यात्रुहरू सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन्,’ उनले भने, ‘यात्राका क्रममा हुने थकान मेटाउने गन्तव्य बनेको छ भन्दा पनि हुन्छ ।’ यसका अलावा जिल्लाभित्रकै आन्तरिक पर्यटक पनि यो झरनामा आउने गरेका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि यतिबेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ, जसले गर्दा राजमार्गको यात्रा सकसपूर्ण छ । त्यसमाथि धुवाँधुलोले सर्वसाधारणलाई समस्या भइरहेको छ । धुवाँधुलो र कष्टपूर्ण यात्राको थकान मेट्न ऐनापहरा झरना उपयुक्त स्थल बनेको छ । जिल्लाको म्याग्दे गाउँपालिका–७ हर्षपुरका मोहन बरालीले राजमार्ग हुँदै यात्रा गर्दा ऐनापहरा झरनामा गरिने आरामले आनन्द मिल्ने बताए । ‘एकछिन भने पनि थकाइ मार्न आनन्द लाग्ने ठाउँ छ,’ उनले भने ।

पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास भएपछि आँबुखैरेनी गाउँपालिकाले यहाँ पूर्वाधार थप गर्ने लक्ष्य लिएको छ । ऐनापहरामा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्षमा रू. एक करोड ४० लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । यहाँ स्काई साइक्लिकिङ, सिसाको पुल बनाउने योजना बनाइएको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गतवर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेट्न र भिडिओ बनाउन सर्वसाधारणको भीड बढ्न थालेको छ । झरनामा दैनिक तीन सयदेखि चार सय सर्वसाधारण पुग्ने गरेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro