ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

हस्तकला सामग्री निर्यात प्रवर्द्धनसम्बन्धी छलफल सम्पन्न

२०७९ असोज, १३  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले हस्तकलाका सामग्री निर्यातसम्बन्धी छलफल सम्पन्न गरेको छ । संघले ‘नेपालको २०२६ सम्ममा विकासशील देशमा स्तरोन्नतिको  रोडम्याप : हस्तकलाका घरेलु, साना र मझौला उद्योगको सरोकार’ विषयमा समूहगत छलफल सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले गरे । नेपाल सन् २०२६ बाट विकसित मुलुकको हैसियतमा पुग्ने भएकाले यसका लागि आवश्यक पूर्वाधार खडा गर्ने सम्बन्धमा एउटा स्पष्ट मार्गचित्रको आवश्यकता रहेको उनले बताए ।

सोही विषयमा केन्द्रित भएर सरकार, विदेशी निकाय र निजीक्षेत्रका विशेषज्ञको समूहले गर्न लागेको छलफलले नेपाल सरकारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।

संघकी अध्यक्ष मीरा भट्टराईले सन् २०२६ मा नेपाल अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा प्रवेश गर्दै जाँदा विभिन्न अवसरको सृजना भएको बताइन् । त्यसपछिका दिनहरूमा धेरै चुनौतीको सामना गर्नुपर्ने उनले औंल्याइन् । विभिन्न देशबाट पाइरहेको सहुलियतका सुविधाबाट वञ्चित हुन जाँदा हस्तकलाको निर्यात व्यापार अझ घट्ने हो कि भन्ने चिन्ता थपिएको उनको भनाइ थियो ।

युरोपियन युनियनको व्यापार तथा लगानी कार्यक्रमका टिम लिडर डा. क्लाउडियस प्रेभिलले सन् २०२६ बाट विकासशील मुलुकमा नेपालको स्तरोन्नति हुन लागेको सन्दर्भमा हस्तकलाका उद्योगहरू खासगरी घरेलु, साना तथा मझौला उद्योगहरूमा महिला रोजगारीको संख्या अत्यधिक भएकोले पनि देशका लागि यसको धेरै महत्त्व रहेको भन्दै  यसका लागि रोडम्याप तयार गर्नु सान्दर्भिक रहेको बताए ।

अन्तरराष्ट्रिय श्रम संगठन नेपालका वरिष्ठ कार्यक्रम अधिकृत नीता न्यौपानेले हस्तकला क्षेत्रले स्वदेशी स्रोत र साधनको उपयोग गर्दै देशभित्र रोजगारीको सेवा उपलब्ध गराउँदै आएको बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro