ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सिटिजन्स बैंकको सोह्रौं वार्षिक साधारणसभा कात्तिक ४ गते

२०७९ असोज, १३  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंकको सोह्रौं वार्षिक साधारणसभा कात्तिक ४ गते हुने भएको छ । बुधवार बैंकको सञ्चालक समितिको ४०४आंै बैठकले उक्त निर्णय गरेको हो । सभा सो दिन बिहान ११ बजे कालिकास्थानस्थित अमृृतभोगमा बस्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात र नाफानोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण माथि छलफल हुनेछ । साथै सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार चुक्तापूँजीको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव सभामा लगिनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro