ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा ग्लोबल आइएमई बैंकलाई

२०७९ असोज, १३  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंकलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा विस्तार गरेको छ । यो आईएफसीको विश्वमै पहिलो ग्रीन ट्रेड फाइनान्स लाइन भएको बताइएको छ ।

बुधवार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ पार्कले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तरराष्ट्रिय व्यापार प्रवर्द्धन तथा ट्रेड फाइनान्सको सीमितता पूर्ति गर्ने उद्देश्यले ल्याइएको बताइएको छ । परियोजनाले ग्लोबल आइएमई बैंकलाई बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro