ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बेष्ट फाइनान्सको १८औं शाखा इटहरीमा

२०७९ असोज, १३  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले सुनसरीको इटहरी चोकमा आफ्नो १८औं शाखा सञ्चालनमा ल्याएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा इटहरी क्षेत्रका प्रतिष्ठित व्यापारी, व्यवसायी, उद्योगीलगायत समाजका अगुवा तथा समाजसेवीहरूको उपस्थिति रहेको कम्पनीले बताएको छ । कम्पनीले छिट्टै सुर्खेत र धनगढीमा समेत शाखा सञ्जाल विस्तार गरी सातै प्रदेशमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro