ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

दशैं नजिकिएसँगै सुनको मूल्य तोलामा १२ सयले बढ्यो, चाँदीको पनि वृद्धि

२०७९ असोज, १३  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौ । दशैंं नजिकिएसँगै सुनको मूल्य एकैदिन १ हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार सुनको मूल्य तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

यो दिन चाँदीको मूल्य पनि बढेको छ । बिहीवार चाँदी तोलाको २५ रुपैयाँले बढेर १ हजार १७० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १४५ रूपैयाँमा कारोबार भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro