ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

 लगातार ३ दिनमा ३८ अंक बढ्यो नेप्से परिसूचक, ६३ करोड बराबरको शेयर खरीदविक्री

२०७९ असोज, १३  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेप्से परिसूचक लगातार तीन दिन बढेर बन्द भएको छ ।  परिसूचक असोज ११ गते मंगलवारदेखि बिहीवारसम्म बढेर बन्द भएको हो ।

साताको अन्तिम कारोबार दिन अर्थात् दशैंअघिको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेको हो । यो दिन परिसूचक १ हजार ८५३ दशमलव ७६ विन्दुमा पुगेको छ । तीन कारोबार दिनमा नेप्से परिसूचक ३८ दशमलव ६२ अंकले बढेको छ । लगानीकर्ताहरु फेस्टिभ मुडमा रहेकाले खरीदविक्री रकम भने खासै बढेको देखिदैन । दशैं विदाका कारण अव नेप्से आगामी असोज २३ गते मात्रै खुल्नेछ । 

दशैं विदापछि बजार सकारात्मक गतिमा अघि बढ्ने लगानीकर्ताहरुले अपेक्षा गरेका छन् ।  पूँजीबजारको वृद्धिका लागि ब्याजदरबाहेक अन्य कोणबाट हेर्दा क्रमशः सुधारका पक्षहरु हुँदै गएका छन् । बैंकहरुमा निक्षेपमा सुधार हुँदै जाने संकेत देखिएको छ । सोही कारण पनि अब शेयर बजार बढ्ने जानकारहरु बताउँछन् । यसोत कम्पनीहरुले गत आवको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गर्न थालेका छन् । यसले गर्दा पनि अव बजार सकरात्मक हुने लगानीकर्ता बताउँछन् । 

कारोबारमा आएका २२३ ओटा धितोपत्रको १७ लाख ९१ ह्जार ४८० कित्ता शेयर १४ हजार २९८ पटकमा रू. ६३ करोड २४ लाख ७ हजार ६२७ मा खरीदविक्री भएको छ ।  कारोबारमा आएका ती धितोपत्रमध्ये अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४३८ दशमलव ७० पुगेको छ । त्यसैगरी दोस्रोमा गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ दशमलव ७६ प्रतिशत वृद्धि भएर रू.८९९ पुगेको छ । बिहीवार सबैभन्दा बढी सामलिङ्ग पावर कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य सबैभन्दा बढी अर्थात् ७ दशमलव ९४ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४६४ मा झरेको छ । त्यसैगरी दोस्रोमा हिमालयन पावर पार्टनरको शेयरमूल्य ३ दशमलव ६९ प्रतिशत घटेर रू. २८७ कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्री नेपाल इन्स्योरेन्सको संस्थापक शेयरको भएको छ । उक्त कम्पनीको रू.४ करोड ४८ लाख बराबरको खरीदविक्री भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. २ करोड ९० लाख बराबरको भएको छ ।

कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक मध्ये जीवन बीमा समूहको परिसूचक शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको छ । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी लघुवित्त समूहको १ दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro