ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नबिल ब्यालेन्सड् फण्ड २ को घट्यो सूचीकृत शेयरमा लगानी

२०७९ असोज, १३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड २ ले भदौ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार साउनको तुलनामा भदौमा फण्डको सूचीकृत शेयरमा लगानी घटेको छ । साउन मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ८५ करोड ७३ लाख लगानी रहेकोमा भदौ मसान्तसम्ममा घटेर रू. ८२ करोड ४५ लाखमा सीमित भएको हो ।

त्यसैगरी फण्डको न्याभ पनि घटेको छ । साउन मसान्तसम्ममा फण्डको न्याभ रू. १० दशमलव ७२ रहेकोमा भदौ मसान्तसम्ममा रू. १० दशमलव ३६ कायम भएको हो । त्यसैगरी फण्डको नोक्सानी बढेको छ । साउन मसान्तसम्ममा पनि फण्डले रू. ९१ लाख ४४ हजार नोक्सानीमा व्यहोरेकोमा भदौ मसान्तसम्ममा बढेर रू. ४ करोड ८६ लाख पुगेको हो ।

भदौमा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । फण्डको जम्मा खर्च साउनमा रू. २२ लाख २१ हजार रहेकोमा भदौमा बढेर रू. ४० लाख ३७ हजार पुगेको छ ।

त्यसैगरी भदौमा फण्डको जम्मा आम्दानी रू. ४ करोड ४६ लाख ऋणात्मक छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro