ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेपाल ल्युबको शेयरमूल्य समायोजन

२०७९ असोज, १३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल ल्युबल आयल लिमिटेडको बोनस शेयरको मूल्य बिहीवार समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले २५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू. २२७ दशमलव ३६ तोकेको छ ।कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य रू.२८४ दशमलव २० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले आव २०७८/ ७९ सम्मको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले असोज २८ गते गते साधारण सभा बोलाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro