ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

१ करोड ११ लाखमा पुस्तकालय भवन बन्दै

२०७९ असोज, १४  
बागमती प्रदेश
Tvs Raider NA
author avatar अभियान संवाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ मा रहेको वनसाँघु माध्यमिक विद्यालयमा १ करोड ११ लाख रुपैयाँ लागतमा पुुस्तकालय भवन बन्ने भएको छ । जुरे पहिरो नजिकै रहेको सो विद्यालय परिसरमा बन्ने पुस्तकालयमा सेमिनार हल, जुरे पहिरोको अध्ययन अनुसन्धान सामग्री, भूकम्प अध्ययन सामग्रीसहितको अध्ययन केन्द्र बन्ने बताइएको छ ।

भवन निर्माणका लागि सुनकोशी गाउँपालिका यमुनाडाँडाका विनोद थापाको समन्वयमा बेलायत बस्ने नेपाली परिवारबाट १ करोड ११ लाख रुपैयाँ संकलन गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गरेका छन् । भवन शिलान्यास कार्यक्रममा बस्नेतले भवन अन्तरराष्ट्रियस्तरको अध्ययन केन्द्र बन्ने बताए । ‘सिन्धुपाल्चोक विपद्ग्रस्त जिल्ला हो । विपद् के कारणले हुन्छ र व्यवस्थापनका लागि कुन विधि अपनाउन सकिन्छ भन्ने विषयका अध्ययन सामग्री समेटेर पुस्तकालयकोे थप विकास र संरक्षण गर्नुपर्छ,’ उनले भने ।

पुस्तकालय निर्माण गर्दा रकम अभाव भए त्यसको जिम्मा आफूहरूले लिने उनको भनाइ थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पुस्तकालयमा खोजमूलक सामग्री राखिने बताए । कार्यक्रममा नेपाली कांग्रेसको महासमिति सदस्य राजेन्द्रकुमार श्रेष्ठ, अरनिको यातायात समितिका पूर्वअध्यक्ष केदार क्षेत्रीलगायतले पुस्तकालयले देश विदेशका खोज अनुसन्धान गर्ने व्यक्तिको ध्यान केन्द्रित गर्न सक्नुपर्ने बताएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro