ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेशनल र सुनकोशी हाइड्रोपावरको एकीकृत कारोबार शुरु 

२०७९ असोज, १४  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ति गरी शुक्रवार (आज)देखि एकीकृत कारोबार शुरु गरेको छ । नेशनल हाइड्रोपावरले सूचना जारी गर्दै प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरु गरेको जानकारी दिएको हो ।

नेशनल हाइड्रोपावरले प्राप्तिसम्बन्धी प्रस्ताव २०७८ भदौ १० गते र सुनकोशी हाइड्रोले २०७८ चैत ११ गते विशेष साधारण सभामार्फत पारित गरेको थियो । यी दुई कम्पनीलाई प्राप्तिका लागि विद्युत् नियमन आयोगले २०७९ साउन ११ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०७९ असोज ४ गते स्वीकृति प्रदान भएको हो ।

सुनकोशी हाइड्रोको सम्पूर्ण सम्पत्ति तथा दायित्व सकार्दै नेशनल हाइड्रोले एकीकृत कारोबार शुरु गरेको हो । प्राप्तिपश्चात् नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको हो । कम्पनीको केन्द्रीय कार्यालय साबिककै ठाउँमा (काठमाडौं, नयाँ बानेश्वर) रहने जानकारी कम्पनीले दिएको छ । 

नेशनल हाइड्रोले सुनकोशी हाइड्रो पावर कम्पनी लिमिटेडलाई प्राप्तिपश्चात् कायम हुन आउने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरिसकेको छ । यो हकप्रद शेयर साविकका सुनकोशी हाइड्रोका शेयरधनीहरूले समेत प्राप्त गर्नेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro