ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सानिमा इक्वीटी फण्डले दशैंअघि नै वितरण गर्‍यो नगद लाभांश 

२०७९ असोज, १४  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा इक्विटी फण्डले दशैंअघि नै इकाईधनीहरूलाई लाभांश वितरण गरेको छ । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कर समेत २२ प्रतिशत नगद लाभांश वितरण गरेको हो । 

असोज १३ गतेदेखि नै सम्बन्धित इकाईधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न शुरु गरिएको जानकारी क्यापिटलले दिएको छ । प्रस्तावित लाभांश प्रयोजनका लागि योजनाले असोज ९ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज ६ गते बिहीवारसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गरेका हुन् । 

आफ्नो इकाई धितो राखेका इकाईधनीहरूको हकमा भने प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुुकुवा पत्र पेश गरेपछि मात्र लाभांश जम्मा गरिने जानकारी क्यापिटलले दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro