ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कुमारी बैंकद्वारा लाभांश घोषणा

२०७९ असोज, १४  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंकले २०७८/७९सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १२ दशमलव ५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

एनसीसी र कुमारी बैंकले एक आपसमा गाभ्ने/गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले असोज १० गते मर्जरमा जान सम्झौता गरेका हुन् । मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले असोज ११ गतेदेखि दुवै बैंकको शेयर कारोबार रोक्का गरेको छ दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro