ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एनआईसी एशियाका ग्राहकलाई भाट-भटेनीमा ५०० रूपैयाँसम्म छूट

२०७९ असोज, १४  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले भाट-भटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ एपबाट स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छूट पाउने भएका छन् । 

बैंकले नेपालीहरूको दशैं, तिहार, छठलगायतका पर्वको अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न २०७९ असाेज १ गतेदेखि २०७९ कात्तिक १५ सम्म भाट-भटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरीद डिजिटल भुक्तानी गर्ने ग्राहकहरूलाई उक्त छूटको व्यवस्था गरेको हो ।

बैंकले यसअघि सार्वजनिक गरेको ‘दशैं–तिहार महोत्सव’ योजनामा पनि भाट–भटेनी सुपरमार्केटलगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ ओटा शाखामा मात्र) लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छूट उपलब्ध गराइरहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro