ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

अपांगतामैत्री छैनन् लमजुङका सरकारी भवन

२०७९ असोज, १६  
गण्डकी प्रदेश
Tvs Raider NA

लमजुङ । हरेक सरकारी कार्यालय, भवन र बाटो अपांगतामैत्री हुनुपर्ने कानूनी प्रावधान रहे पनि लमजुङका विभिन्न सरकारी निकायका भौतिक संरचना अपांगतामैत्री नरहेको पाइएको छ । यहाँका नयाँ बनाइएका सरकारी कार्यालयका भवन समेत अपांगतामैत्री छैनन् ।

सार्वजनिक निकायका भवन अपांगतामैत्री नहुँदा अपांगता भएका व्यक्तिले विभिन्न काममा सास्ती भोग्दै आएका छन् । भौतिक संरचना अपांगतामैत्री नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या हुँदै आएको अपांगता संरक्षण समाज लमजुङका सचिव सीताराम बसेलले बताए । बहिरा तथा सुस्त श्रवण भएका व्यक्तिका लागि प्रत्येक कार्यालयमा दोभाषे राख्नुपर्ने कानूनी व्यवस्था छ । त्यस्तै, बहिरा व्यक्तिका लागि सांकेतिक सूचना चार्ट, न्यून दृष्टियुक्त व्यक्तिको आवातजावतको सुविधाका लागि इलेक्ट्रिक घण्टी हुनुपर्ने प्रावधान छ । तर लमजुङमा उक्त कुनै पनि व्यवस्था नभएको अपांगता भएका व्यक्तिहरूको गुनासो छ ।

लमजुङका जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, सरकारी वकिल कार्यालय, जिल्ला मालपोत, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग, स्थानीय तहलगायत दर्जनौं सरकारी कार्यालयका भवन अपांगतामैत्री छैनन् । ती सरकारी कार्यालय अपांगतामैत्री नहुँदा अपांगता भएका व्यक्तिलाई काममा कष्ट हुने गरेको अपांगता संरक्षण समाजको गुनासो छ । जिल्लामा रहेको विभिन्न सरकारी भवनमध्ये सुन्दरबजार नगरपालिकामा लिफ्ट रहेकाले अपांगता भएका व्यक्तिलाई कामकाजमा सहज हुने गरेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro