ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रभु सेलेक्ट फण्डको धितोपत्रमा भएको लगानीको बजारमूल्य करीब ५६ करोड 

२०७९ असोज, १८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु सेलेक्ट फण्डले भदौ मसान्तसम्म धितोपत्रमा गरेको लगानीको बजारमूल्य रू. ५५ करोड ७२ लाखभन्दा बढी रहेको छ । 

यस अवधिसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य भने रू. ७४ करोड ४७ लाखभन्दा बढी रहेको छ । योजनाको धितोपत्रमा भएको लगानीको लागत मूल्यभन्दा बजारमूल्य निकै कम देखिएको छ । धितोपत्र दोस्रो बजार घटेको असर योजनाले गरेको लगानीको मूल्यमा समेत देखिएको हो ।

प्रभु क्यापिटलको व्यवस्थापनमा प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस योजना सात वर्षे अवधिको बन्दमुखी योजना हो । २०७८ साल जेठ १४ गतेदेखि सञ्चालनमा रहेको यस योजना २०८५ साल जेठ १३ गते परिपक्व हुनेछ । योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरेको थियो । योजनाको प्रतिइकाई खुद मूल्य भने रू. ९ दशमलव ७४ रहेको छ ।

भदौ मसान्तसम्म योजना रू. ९७ लाख ३९ हजार नोक्सानीमा रहेको छ । साउन मसान्तसम्मको तुलनामा योजनाको नोक्सानी बढेको हो । साउन मसान्तसम्म योजना रू. ८८ लाख ४ हजार नोक्सानीमा रहेको थियो ।

धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालनमा रहेको यस योजनाको बैंक मुद्दती निक्षेपमा रू. १८ करोड २५ लाख रहेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro