ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सर्वसाधारणलाई टीका : राष्ट्रपतिले लगाइदिने, पूर्वराजाले नलगाइदिने

२०७९ असोज, १९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । यो वर्षको बडादशैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।  

विजया दशमीको दिन राष्ट्रपतिले दिउँसो दुईदेखि तीन बजेसम्म विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम छ भने सर्वसाधारणलाई भने तीनदेखि पाँच बजेसम्म टीका लगाउने कार्यक्रम राखिएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले भने यो वर्ष सर्वसाधारणलाई टीका नलगाउने बताएका छन् । बढ्दो डेंगी संक्रमणलाई  कारण देखाउँदै उनले सर्वसाधारणलाई टीका नलगाउने बताएका हुन् ।

राष्ट्र प्रमुखले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने चलन राजतन्त्रकालिन समयमा देखिनै शुरुवात भएको मानिन्छ । यो वर्षको दशैंको टीकाको साइत बुधवार बिहान ११ : ५१ मा रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro