ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

टीका र आशिर्वाद थाप्न हिंडेका सर्वसाधारणको चहलपहल [फोटो फिचर]

२०७९ असोज, १९  
फोटो फिचर
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी सबैभन्दा महत्वपूर्ण दिन हो । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ । दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट घरमा लगाएपछि घरबाहिर टीका लगाउन हिंड्नेको बुधवार दिनभर काठमाडौं उपत्यकामा निक्कै चहलपहल देखियो ।

टीका र जमरा लगाउनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।  यसअघि सुनसान देखिएको राजधानीको शहर विजयादशमीको दिन टीकापछि व्यस्त देखिन्थ्यो ।  टीका लगाउन हिंड्नेको चहलपहल बढ्दा शहरमा घुईचो बढेको थियो ।

रातो टीका र कानमा जमरा लगाएका मानिस अन्यत्र टीका एवं आशीर्वाद थाप्न दिनभर बस, निजी साधन र मोटरसाइलमा हिंडेका थिए । राजधानीमा  सर्वसाधारणको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका थिए । सवारीसाधन नपाएर सर्वसाधारण हिंडेर गन्तब्यतर्फ गइरहेका देखिन्थे ।

वर्षाका कारण केहिवेर आवतजावतमा सकस पैदा भएपनि अपरान्ह वर्षा रोकिएपछि सर्वसाधारणलाई आवतजावतमा सजिलो भएको थियो ।

यो दिन कतिपयले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट कतिपयले टीका लगाए भने कतिपयले हनुमानढोकास्थित कुमारीको हातबाट टीका ग्रहण गरेका थिए ।प्रधानमन्त्री शेरबहादुर देउवाले भातृशोकका कारण यो वर्ष दशैं मनाउनु भएन भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवासमा शेभुच्छुकहरुलाई टीका लगाइदिएका थिए ।

हेरौं तस्वीरहरुमा :

 

 

 

तस्वीरहरु : सुनिल शर्मा /आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro