ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

अचाक्ली भो महँगी

२०७९ कार्तिक, ४  
पाठक विचार
Tvs Raider NA

चाडपर्वमा यसै पनि महँगी बढ्छ । यसैबेला सरकारले अनुगमनको नाटक पनि गर्छ । सुपथ मूल्यका पसल पनि सञ्चालन गर्छ । तर पनि जनता महँगोमा सामान किन्न बाध्य छन् ।

अहिले पेट्रोलियम पदार्थको मूल्य बढेकाले त्यसको चक्रीय प्रभाव स्वरूप सबै क्षेत्रमा महँगी बढेको छ । माग र आपूर्तिले मूल्य निर्धारण गर्छ भनिए पनि नेपालमा भने उल्टो देखिन्छ । अर्थात् आपूर्ति बढ्दा पनि मूल्य बढ्छ । खाद्यान्नको मूल्यवृद्धिले मारमा परेका उपभोक्ता अहिले तरकारी र फलफूलमा बढेको मूल्यबाट तर्सिएका छन् ।

नेपालमा बजार नियमले काम गर्न सकेको छैन किनभने यहाँ पारदर्शिता छैन । उत्तरदायित्व र जवाफदेही सरकार हुने हो भने उसले बजारमा पारदर्शितामा प्रणाली विकास गरेर मूल्यमा हुने बदमासी रोक्न पहल गथ्र्यो । तर, अहिले टाठाबाठाले फाइदा उठाउने र सोझासाझा ठगिइरहने प्रवृत्ति छ । त्यही कारण बजारमा मूल्यमा मनपरी छ । कसको लागत कति छ र कति प्रतिशत मुनाफा लिन पाउने भन्ने आधार छैन । २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइँदैन भन्ने नियम छ भनिन्छ तर सरकारकै कम्पनीले कैयौं गुणा बढी मुनाफा लिइरहेका छन् । आफ्नो देशले उत्पादन गर्न नसकेर पनि मूल्य बढेको छ । त्यसैले सरकारले मूल्यमा हुने मनपरी रोक्न विशेष प्रणाली बनाउनुपर्छ ।

महँगी बढ्दा जनतामात्रै मारमा पर्ने होइनन् । समग्र अर्थतन्त्र नै महँगो हुन्छ । यसले अर्थतन्त्र सुस्त बनाउँछ र मन्दीमा समेत लैजान सक्छ । तर, महँगीको बहुआयामिक असरबारे सरकारले चासो दिएको छैन । दैनिक प्रशासन सञ्चालनभन्दा अन्य विषयमा उसले चासो दिएको छैन भन्दा पनि हुन्छ । यो महँगीको मारबाट हामी नेपाली कहिलेसम्म मारमा परिरहने ?

गोविन्द थापा
कपन, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro