ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

विकासको उल्टो रफ्तार : ४ वर्षमा पनि पूरा भएन ३ किलोमिटर सडक निर्माण

२०७९ कात्तिक, १०  
समाचार यातायात विकास
Tvs Raider Image Not Found

चितवन । नारायणगढको शहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अधुरै छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन । 

सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रबन्ध निर्देशक रञ्जन ठाकुरले बताए । उनले नाला र सबबेसको काम सकिएको र अब कालोपत्र गर्न एक–दुई हप्ताको काम बाँकी भएकोले कात्तिक महिनाभर सकिने दाबी गरे ।

 ठाकुरका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ । तीन किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । 

दश मिटर चौडाइको सडक निमार्णका लागि दुवैतर्फ छ देखि सात फिट गहिरो ढल खनिएको छ । सघन शहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माण प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एउटा हो । यसका लागि ६८ करोड २३ लाख रुपैयाँमा सम्झौता भएको थियो । 

शहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने ७१ करोड ३८ लाख रुपैयाँ रहेको शहरी विकास कार्यालयका इञ्जीनियर पुजन न्यौपानेले बताए । –रासस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro