ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सुस्तायो बेलायतको घरजग्गा बजार, घरको मूल्य १३ महीना अघिको अवस्थामा आउन सक्ने

२०७९ कात्तिक, १७  
अन्तरराष्ट्रिय घरजग्गा
Tvs Raider Image Not Found
फोटो : बीबीसी

लन्डन (बेलायत) । आगामी वर्ष बेलायतमा घरको मूल्य घट्ने अनुमान गरिएको छ । आकाशिएको महँगी नियन्त्रण गर्न केन्द्रीय बैंकले धमाधम ब्याजदर बढाइरहँदा धितो कर्जाको दर बढेर भावी क्रेताहरु मारमा परेका छन् ।

यस्तो अवस्थामा आगामी वर्ष धितो कर्जाको उच्च दरले आवासीय सम्पत्तिको मूल्य ५ प्रतिशत सम्म घटाउन सक्ने जूप्ला zoopla ले बताएको छ । पछिल्लो समय  धितो कर्जाको दरमा भइरहेको वृद्धि नयाँ क्रेताका लागि सन् १९८० को दशकको अन्त्ययताकै सबैभन्दा ठूलो ब्याजदर झड्का बनेको छ । धितो कर्जाको दर घट्ने संकेत आइरहेको भएपनि यो हालैका वर्षमा देखिएको जस्तो अति न्यून स्तरमा ओर्लिने छैन । धितोकर्जाको दर जति नै घटेपनि यो ४ देखि ५ प्रतिशतभन्दा तल आउने छैन । 

महँगो खालको क्षेत्रमा मात्रै हैन घरजग्गा सस्तो भएका क्षेत्रमा पनि नयाँ घर किन्ने क्रेताको रुचीमा उच्च कमी आएको देखिन्छ ।

हालैका महीनामा धितो कर्जाको दर नाटकीय रुपमा बढेको थियो । उच्च धितोकर्जाको दरले क्रेताहरुलाई पार्ने असर एउटै हुन्न । घरजग्गा खरीदमा आधाभन्दा धेरै नगदमा भुक्तानी गर्नेलाई धितो कर्जाको उच्च दरले कम प्रभावित गर्छ । पहिलो पटक वा भुक्तानीका  लागि चाहिने ठूलो हिस्सा कर्जा लिएका क्रेताहरुलाई बढी मार पर्छ । बेलायतभर गएको महीना नयाँ क्रेताको घर किन्ने रुची घटेको पाइएको छ । 

महँगो खालको क्षेत्रमा मात्रै हैन घरजग्गा सस्तो भएका क्षेत्रमा पनि नयाँ घर किन्ने क्रेताको रुचीमा उच्च कमी आएको देखिन्छ । क्रेताहरुबाट घरजग्गाको मूल्य घटाइदिन अनुरोध बढेका छन् । तर बजारमा आपूर्ति अभावका कारण पनि घरको मूल्यले टेवा पाइरहेको छ ।

बजारमा उथलपुथल भइरहँदा क्रेता र विक्रेताबीच मोलमोलाइ बढिरहेको छ । यस वर्ष बेलायतको घर जग्गा बजारमा १३ लाख ओटा घर विक्ने अनुमान गरिएको छ । यो अघिल्लो वर्षको भन्दा चाँहि कम हो । त्यतिबेला १५ लाख थान घर विक्री भएका थिए । 

माग र विक्री बढेसँगै गत वर्षको सोही अवधिको तुलनामा गएको ६ महीनामा घरको मूल्य ८ दशमलव १ प्रतिशतले बढेको छ । आपूर्ति अभावले पनि मूल्यलाई टेवा दिएको छ । बजारमा विक्रीका लागि आउने घरको संख्यामा अस्थायी वृद्धि देखिएको भएपनि विक्रीमा रहेका घरको संख्या ५ वर्षको औसतको तुलनामा १३ प्रतिशत कम छ । 

घरको मूल्य ५ प्रतिशतले घट्यो भने बेलायतमा ८ महीनासम्म भएको औसत मूल्य वृद्धि गुम्ने जूप्लाको अनुमान छ । यस्तो अवस्थामा लन्डनमा मात्रै १३ महीना र वेल्समा ६ महीनामा मूल्य वृद्धि गुम्नेछ ।

कर्जा लागत महँगो भएपछि नयाँ क्रेताहरुबाट हुने घरको माग तत्कालै घटेको छ । घरजग्गा बजारमा यस्तो खालको सुस्ती क्रिसमसको बेलामा मात्रै देखिन्थ्यो । क्रिसमसको बेलामा हुने सुस्ती एक महीना अगावै देखिन थालेको जूप्लामा कार्यकारी निर्देशक रिचर्ड डोनेलले भने । अहिलेदेखि  डिसेम्बरको बीचमा मूल्यको स्तरले खासै असर गर्ने नदेखिने र आगामी वर्षको शुरुमा मात्रै यसको प्रभाव देखिने उनको भनाइ छ । 

धितो कर्जाको दर घटेर ४ प्रतिशत सम्म आयो भने घरको मूल्य ५ प्रतिशतसम्म घट्ने डोनेलले बताएका छन् । श्रम बजार मजबूत रहेको अनि विक्रीको लागि घरको आपूर्ति औसतभन्दा तल आएर घर अभावको अवस्था सृजना भएकोले घरको मूल्य धेरै भने नघट्ने अनुमान गरिएको छ ।

घरको मूल्य ५ प्रतिशतले घट्यो भने बेलायतमा ८ महीनासम्म भएको औसत मूल्य वृद्धि गुम्ने जूप्लाको अनुमान छ । यस्तो अवस्थामा लन्डनमा मात्रै १३ महीना र वेल्समा ६ महीनामा मूल्य वृद्धि गुम्नेछ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro