ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

९० जना वैज्ञानिकको सम्मेलनले भन्यो- 'नेपालमा सुरक्षित शहरीकरणका लागि नीतिगत हस्तक्षेप जरुरी'

अव्यवस्थित शहरीकरणका कारण नेपाललाई दोहोरो चुनौती 

२०७९ कात्तिक, १८  
समाचार विकास घरजग्गा
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विज्ञहरुले सुरक्षित शरणीकरण र विपद्मैत्री मानव विकासका लागि नीतिगत हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका छन् । 

विकासका नाममा हुने अव्यवस्थित शहरीकरण र तिनले भविष्यमा निम्त्याउनसक्ने विपद् न्युनिकरणका लागि सम्भावित जोखिमको पूर्वानुमान सहितको योजना बिस्तारमा आजैदेखि लाग्नुपर्नेमा विज्ञहरुले जोड दिएका हुन् ।

'टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन' सम्मेलनले सुरक्षित शहर र विकासका लागि भविष्यमा निम्तिनसक्ने विभिन्न किसिमका विपद्का घटनाको पूर्वानुमान गरी योजना बनाउन नीतिनिर्माताहरूलाई दबाब दिनुपर्ने निस्कर्ष निकालेको हो ।

सम्मेलनमा नेपालको तर्फबाट सहभागी विज्ञ डाक्टर सुरज लामिछानेले विपद् न्युनिकरण गरी दिगो र सुरक्षित शहर निर्माण गर्ने उपाय, अभ्यास, चुनौती र आवश्यकताका सम्बन्धमा छलफल गरी निस्कर्षहरूलाई नीतिगत तहमा लैजानुपर्ने निर्णय गरेको जानकारी दिए ।

नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका गरी ९० जना वैज्ञानिकहरू सहभागी सम्मेलन मुख्य गरी जोखिम मुक्त शहर निर्माणका बहुपक्षिय उपायका बारेमा केन्द्रित रहेको पनि उनले जानकारी दिए । सम्मेलनले निकालेको निस्कर्षलाई सरकारलाई हस्तान्तरण गरि नीतिगत योजना तर्जुमामा सहकार्य गरिने पनि उनले स्पष्ट पारे । 

उनले शहरणीकरणलाई व्यवस्थित बनाउने र भविष्यकका शहरलाई सुरक्षित पार्ने दुवै चुनौती नेपाललाई रहेको बताए । अन्य मुलुकका शहरहरू  व्यवस्थित भएकाले भविष्यका शहरलाई सुरक्षित बनाउने चुनौती मात्रै रहेको तर नेपालका शहरहरू व्यवस्थित नभएकाले दोहोरो चुनौती रहेको उनले बताए । 

भोलिको शहर परियोजना अध्ययनमा सहभागी बेलायतस्थित इडिबर्ग विश्वविद्यालयका प्राध्यापक डाक्कटर मार्क पेलिङ्गले विपद्मैत्री मानवविकास र भोलिको सुरक्षित शहरका लागि आजै विपद् पूर्वानुमानसहितको योजना र नीति बनाउनुपर्नेमा सम्मेलनले जोड दिएको बताए । 

५ दिनसम्म चलेको सम्मेलनमा नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका ९० वैज्ञानिकहरु सहभागी थिए । युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय,प्राक्टिकल एक्शन, नेपाल विकास अनुसन्धान संस्था, एनसेट लगायत विभिन्न संस्थाहरुको संयुक्त पहलमा शुरू भएको भोलिको शहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्व आँकलन गर्ने र अध्ययन निस्कर्षलाई आ–आफ्नो देशका सरकारसंग साझेदारी गर्ने बताइएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro