ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेपाली फिल्म कबड्डी ४ मोबाइल एपमै हेर्न मिल्ने, शुक्रवारदेखि 'सिनेमा घर' एपमा आउने

२०७९ कात्तिक, २४  
विविध प्रविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ ।

बिहीवार सिनेमा घर एपका सञ्चलकहरू र कबड्डी ४ का निर्माताहरूले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चलक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताए ।

उनले एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा बिस्तारै विकास भइसकोको बताए । अभिनेता लामिछानेले सिनेमा घर एपमा जय भोले र रातो टिका निधारमा लगायतका चलचित्रहरू राखिसकेको र चलचित्रहरूले युट्युबमा कमाउने भन्दा राम्रो पैसा कमाएको पनि बताए ।

उनले नेपालीहरूमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको बताए । 

अभिनेता लामिछानेले नेपाली सिनेमाको लागि डिजिटिल मार्केटबाट अबको ४ वर्षपछि नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्न सकिने दाबी गरेका छन् । सिनेमा घर एपमा चलचित्र कबड्डी ४ भोलि (शुक्रवार) बाट चल्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro