ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

छिमेक लघुवित्तमा नायब महाप्रबन्धक माग, यस्ताे छ चाहिने याेग्यता

२०७९ कात्तिक, २५  
रोजगारी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब कार्यकारी प्रमुख/नायब महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेकाे छ । 

कम्पनी शुक्रवार (आज) एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै उक्त पदमा १ जनाका लागि दरखास्त खुलाएकाे हाे । 

उक्त पदमा आवेदन दिन स्नातकोत्तर तह उत्तीर्ण गरेकाे र लघुवित्तकाे व्यवस्थापकीय श्रेणीमा कम्तीमा १२ वर्ष अनुभव भएकाे वा स्नातक तह उत्तीर्ण गरी लघुवित्तकाे व्यवस्थापकीय श्रेणीमा कम्तीमा १५ वर्ष अनुभव भएकाे हुनुपर्नेछ । साथै आवेदककाे उमेर ५० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

याेग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी मङ्सिर १२ गतेसम्म संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन आह्वान गरिएकाे छ । संस्थाकाे केन्द्रीय कार्यालय काठमाडौंकाे मध्य बानेश्वरमा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro