ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर

२०७९ कात्तिक, २७  
रोजगारी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले उद्यम विकास सहजकर्ता पदका लागि कर्मचारी मागेको छ ।

महानगरपालिकले आइतवार सूचना प्रकाशित गर्दै गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम सञ्चालन २०७७ को दफा ५ बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि १ जना उद्यम विकास सहजकर्ता करारमा पदपूर्ति गर्ने महानगरले जनाएको छ ।

उक्त पदमा आवेदन दिनका लागि प्राविधिक शिक्षा र व्यवसाय तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्स उत्तीर्ण गरेको वा सोही परिषद्बाट उद्यम विकास सहजकर्ता सीप परीक्षण तह २ वा ३ उत्तीर्ण गरेको वा परिषद्बाटै उद्यम विकास सहजकर्ता सम्बन्धी प्राविधिक प्रवेशिका परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

इच्छुक तथा अनुभवी नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५  दिनभित्र काठमाण्डौं महानगरपालिका, समाजिक विकास विभागमा दरखास्त दिन महानगरपालिकले अनुरोध गरेको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro