ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चुनाव नहुँदै ९० जना म्यादी प्रहरी कारबाहीमा, सबैभन्दा धेरै प्रदेश १ मा, किन गरियो कारबाही ?

२०७९ कात्तिक, ३०  
विविध र यो पनि
Tvs Raider Image Not Found

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० जना म्यादी प्रहरी कारबाहीमा परेका छन् ।

प्रहरी नायब महानिरीक्षक एवं  प्रहरी  प्रवक्ता  टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक जना महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।

'आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो', उहाँले भन्नुभयो, 'कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।'

प्रवक्ता राईका अनुसार अनुसार कारबाहीमा पर्नेमा प्रदेश नं १ मा ४८ जना , काठमाडौँ उपत्यकामा १  र बागमती प्रदेशमा ५ जना रहेका छन्  । 

त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा ४ , कर्णाली प्रदेशमा ए१  र सुदूरपश्चिममा ७ जना रहेका छन् ।

काठमाडौँ उपत्यका सहित सात प्रदेशमा १ लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल १ लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार २४८ र महिला ३० हजार ६२९ जना रहेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro