ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

निफ्राले पायो ५ अर्ब बराबरको ऋणपत्र निष्कासको अनुमति, ब्याजदर कति ?

२०७९ मंसिर, ४  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट रू. ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि अनुमति पाएको छ । कम्पनीले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न गत कात्तिक २४ गते सेबोनबाट अनुमति पाएको हो ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कुल कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

कम्पनीले आगामी सात वर्ष सम्मका लागि वार्षिक ७ प्रतिशत ब्याजदरमा निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६ नामक ऋणपत्र निष्कासन गर्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro