ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : मतदानमा ‘भीआईपी’ अगाडि, सर्वसाधारण पछाडि 

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
तस्वीर : रासस
author avatar अभियान संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मतदान शुरू भएलगत्तै मतदान गरे । उनले चितवनको भरतपुर महानगरपालिका–४, शान्तिपुरस्थित नेपाल प्रहरी स्कुलको मतदान केन्द्रबाट बिहान ७ः१५ बजे मतदान गरेका हुन् । मतदान गरेलगत्तै उनी गोरखा हिँडेका छन् । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि बिहानै मतदान गरेका छन् । उनले रामेछापको सुनापति गाउँपालिका–४, डहुस्थित मतदान केन्द्रबाट पहिलो मतदान गरेको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले जनाएको छ । 

उनीहरू मात्रै होइनन्, ऊर्जामन्त्री पम्फा भुसाल, पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव लेखराज भट्ट, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलगायतले पनि बिहानै मतदान गरेका छन् । 

यस्तै, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि बिहानै मतदान गरेका छन् । ‘भीआईपी’ले बिहानै मतदान गर्दा सर्वसाधारण भने मतदान गरिरहेका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभरका ७७ ओटै जिल्लाका मतदान केन्द्रबाट बिहान ७ बजेदेखि मतदान भइरहेको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro