ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मतदान केन्द्रमा पटका पड्कियो, बम भन्दै मतदाता भागेपछि मतदान स्थगित

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्किएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।

विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro