ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

निर्वाचन आयोगको निर्देशन– सामान्य विवादमा मतदान स्थगित नगर्नू, गर्नैपरे आयोगलाई सोध्नू 

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । कतिपय स्थानमा सामान्य विवादका कारण निर्वाचन स्थगित भएपछि आयोगले फेसबुक पेजमार्फत् मतदान अधिकृतहरूलाई यस्तो निर्देशन दिएको हो । 

‘मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनुपर्नेछ,’ आयोगले आफ्नो फेसबुक पेजमा लेखेको छ । 

बाजुराको बुढीगंगा नगरपालिका–८, बुढीनन्दा गाउँपालिका–५ र स्वामीकार्तिक खापर गाउँपालिका–४ को १–१ गरी ३ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro