ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

दिउँसोसम्म देशका आधा दर्जन मतदान केन्द्रमा झडप, प्रहरीले गर्‍यो हवाई फायर

२०७९ मंसिर, ४  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । देशका विभिन्न मतदान केन्द्रमा प्रहरीले हवाई फायर खोल्नु परेको छ । कतै दलका कार्यकर्ताबीच झडप हुँदा त कतै दल र स्वतन्त्र उम्मेदवारबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन  प्रहरीले हवाई फायर गरेको हो ।

 हुम्लाको सर्केगाडमा मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी रहेका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ । त्यहाँ बिहान साढे ९ बजेदेखि मतदान स्थगित भएको र मतपेटिका सुरक्षित रहेको प्रहरीले बताएको छ ।

वारेशनामाको विवादका कारण सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताहरुबीच झडप भएको थियो । सोही क्रममा सहायक मतदान अधिकृत भण्डारीको टाउकोमा चोट लागेको हो ।

त्यस्तै बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को  एक केन्द्रमा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ  ।

त्यस्तै मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्किएपछि एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।

त्यस्तै रौतहटस्थित गुनारा नगरपालिका ४ को मदान केन्द्रमा प्रहरीले हवाइ फायर गरेको छ । त्यहाँको एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धन कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको हो।

निर्वाचन आयोगका अनुसार दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मतदान भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro